रञ्जन भण्डारी
महोत्तरी,३ फाल्गुण ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको नेतृत्वमा सुरक्षा निकाय तथा सरोकारवालाहरुको टोलीले जिल्लाका अतिसंवेदनशिल,संवेदनशिल तथा सामान्य सवै मतदान स्थल र केन्द्रको अनुगमन गरिरहेको छ । अधिकांश मतदान स्थल र केन्द्र अनुगमन भैसकेको र बाकिहरुको पनि भैरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन । उनले स्थल र केन्द्रहरुको सुरक्षाको लागि रणनिती बनाउन तथा त्यहाका सुरक्षा सहितको अन्य अवस्था बुझ्न अनुगमन भैरहेको बताएका हुन ।
महोत्तरीको क्षेत्र नंं. १ मा ५९ मतदान स्थल र १२० मतदान केन्द्र,क्षेत्र नं. २ मा ६२ मतदान स्थल तथा १३३ मतदान केन्द्र,क्षेत्र नं. ३ मा ७७ मतदान स्थल र १४२ मतदान केन्द्र र क्षेत्र नं. ४ मा ६० मतदान स्थल १३१ मतदान केन्द्र गरि कुल २५८ मतदान स्थल र ५२६ मतदान केन्द्र तोकिएको छ । महोत्तरीको १६३ मतदान स्थललाई अतिसंवेदनशिल,८९ लाई संवेदनशिल र ६ लाई सामान्य सुरक्षा सुचीमा राखिएको छ ।