रञ्जन भण्डारी
महोत्तरी,२ फाल्गुण ।
महोत्तरीको चार निर्वाचन क्षेत्रमा कुल १३९ उम्मेदवार छन । जसमध्ये महिलामात्र १९ छिन । १९ मध्ये समेत दलबाट उम्मेदवारी दिएकि महिला नेतृको संख्या ८ छ । महिलाले नेतृत्व गर्न सक्ने भन्दै नेपाल मजदुर किसान पार्टी,श्रम संस्कृति पार्टी,नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी,ने.क.पा. एमाले,आम जनता पार्टी र मंगोल नेसनल अर्गनाईजेशनले पत्याएर चुनाव लड्ने मौका दिएको छ ।
महोत्तरीको क्षेत्र १ बाट नेपाल मजदुर किसान पार्टीले टिकट दिएर कृष्णश्वरी मानन्धर(दुवाल)ले उम्मेदवारी दिएकि हुन भने श्रम संस्कृति पार्टीबाट क्षेत्र नं. १ मै लिला दियाली चुनावी मैदानमा छिन । त्यसतै क्षेत्र नं. २ मा नेपाली काँग्रेसको टिकटमा चुनाव कि अनुभवी संविधानसभा सदस्य किरण यादव अहिले चर्चामा छिन । यता क्षेत्र ३ मा डा. मिनाक्षी ठाकुरले जनता समाजवादी पार्टीको टिकटमा अन्य उम्मेदवारलाई टक्कर दिदैछिन । डा. ठाकुर यसै क्षेत्रबाट दुईपटक प्रतिनिधीसभामा निर्वाचित भएका जसपाका संरक्षक महन्थ ठाकुरकी पुत्री हुन । यता क्षेत्र ४ मा भने दलहरुले सवैभन्दा वढी चार महिलालाई टिकट दिएर चुनावमा उतारेको छ । यहा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गौरी कुमारी यादव,एमालेबाट निलम अधिकारी,आम जनता पार्टीबाट शिलम देवी यादव र मंगोल नेसनल अर्गनाईजेशनबाट सुमिन्त्र कुमारी प्रतिस्पर्धा गर्दैछिन ।
चारै क्षेत्रका ८ महिला दलगत महिला उम्मेदवारलाई भने प्रतिस्पर्धीसंग सामना गर्न चुनौती सामान्य छैन । तर उनले आँट गरेकि हुन । महोत्तरी क्षेत्र १ मै पुर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेल र यो निर्वान पहिला निर्वाचित लक्ष्मी महतो कोईरी जस्ता दिग्गजसंग महिला नेत्रीहरुको सामना छ भने अहिले चर्चामा रहेको नयाँ उम्मेदवारहरुसंग समेत उनीहरुको प्रतिस्पर्धा छ ।
त्यसतै क्षेत्र २ मा जसपाका वरिष्ट नेता तथा पुर्वमन्त्री शरतसिंह भण्डारी जस्ता राजनितिका पुराना र पोख्त नेतासंगको प्रतिस्पर्धामा महिला नेत्रीको प्रतिस्पर्धा कडा हुने अनुमान छ । भण्डारी बाहेक समेत यहि क्षेत्रमा नयाँ तथा पुराना अनुहारहरुहरुले कडा टक्कर दिनेछन ।
त्यसतै क्षेत्र ३ जसपाको लागि सुरक्षित मानिएपनि यस पटक भने यहा चुनाव निक्कै पेचिलो हुने अवस्था छ । राजनितिका दिग्गज र नयाँ तर अनुभवि अनुहारहरुले महिला नेतृलाई कडा टक्कर दिनेछ । यता क्षेत्र ४ मा सवैभन्दा वढी दलबाट चारजना महिला उम्मेदवार रहेपनि पुराना नेताहरुले आफ्नो पोल्टामा राखेको मत संरक्षणमा पुर्ण जोड लगाउने पक्का छ । यहि क्षेत्रमा कसले बाजी मार्ने र अधिकांश महिला नेतृहरुको पहिलो चुनावी अनुभव हुनेमा उनीहरुले मत कसरी आफुतिर आकर्षित गर्ने भन्ने हेर्न बाकि छ ।
उम्मेदवार चिनौ ः


कृष्णश्वरी मानन्धर(दुवाल) ,महोत्तरी क्षेत्र १, नेपाल मजदुर किसान पार्टी ः
४१ वर्षिया कृष्णश्वरी मानन्धर(दुवाल) भक्तपुर नगरपालिका ९ निवासी हुन । नेपाल मजदुर किसान पार्टीमा लामो समय रहेर पार्टीप्रति निष्ठा राखेकै कारण उनको योग्यता समेतलाई कदर गर्दै पार्टीले उनलाई महोत्तरीबाट उम्मेदवार बनाएको उनको भनाई छ । उनी क्षेत्रमा चुनावी रणनिती निर्माण र मतदाता भेटघाटमा व्यस्त छिन ।


लिला दियाली,महोत्तरी क्षेत्र १, श्रम संस्कृति पार्टी ः
लिला दियाली महिला अधिकारको क्षेत्रमा महोत्तरीमा चिनिएको नाम हो । ओरेक नेपालमा लामो समय रहि महोत्तरी कार्यक्षेत्रमा उनले महिलालाई हुने विभिन्न प्रकारका हिंसा तथा अन्याय विरुद्ध आवाज उठाएकि हुन । सयौ महिलाको उद्धारमा उनको अहम योगदान रहेकोमा ओरेक नेपालको जागिर छाड्दै उनले बर्दिवासमै कृषि फर्म संचालन गर्दै आएकि हुन । बाख्रा पालन तथा तरकारी खेतीमा रमाएकि दियाली महिलाको अधिकार सुनिश्चित गर्न राजनितिमा प्रवेश गरेको बताउछिन ।


किरण यादव,महोत्तरी क्षेत्र २,नेपाली काँग्रेस ः
किरण यादवले नेपाली काँग्रेसबाटै दुई पटक संविधानसभा सदस्य बन्ने मौका पाईन । महोत्तरीको राजनितीमा राम्रो दखल भएकि संविधानसभा सदस्य यादव मजबुत उम्मेदवारको रुपमा यस क्षेत्रमा स्थापित छिन । बि.ए. सम्मको अध्ययन गरेकि यादव क्षेत्रमा जनताले मन पराउने नेताहरुमा पर्छिन । २०७४ को निर्वाचनमा पराजित उनले २०७९ मा गठबन्धनको कारण टिकट नपाएपनि यसपटक भने टिकट पाएर अहिले घरदैलोलाई तिव्र पारेकि हुन ।


मिनाक्षी ठाकुर,महोत्तरी क्षेत्र ३,जसपा ः
जसपाबाट टिकट पाएकि मिनाक्षी ठाकुर पेशाले चिकित्सक(स्त्रीरोग विशेषज्ञ ) छिन । आफै राजनितीमा नवप्रवेशी भएपनि उनी बाल्यकाल देखि नै राजनितिको वरिपरि रहेर नै हुर्केकी र राजनितिलाई राम्ररी बुझेकी छिन । जसपाका वर्तमानमा संरक्षक रहेका महोत्तरी क्षेत्र ३ बाट दुई पटक प्रतिनिधीसभामा निर्वाचित भैसकेका नेता महन्थ ठाकुर पुत्री डा. ठाकुर क्षेत्रमा आफ्नो वाक कौशलले मतदाता रिझाउदै छिन । राजनितिबारे परिवारबाटै गुण हासिल गरेकि उनी क्षेत्र ३ मा मजबुद दावेवार छिन ।


गौरी कुमारी यादव, महोत्तरी क्षेत्र ४,रास्वपा ः
सम्सी गाउपालिका ५ घर भएकि गौरी कुमारी यादव राजनितिमा नवप्रवेशी छिन । श्रीमानको राजनितिमा सकृयता रहेपनि उनी आफैले परिवर्तनको लागि भन्दै उम्मेदवारी दिएकि हुन । आईएसी गरेकि उनले रसियामा हुदा १ वर्ष रसियन भाषाको कोर्स गरिन । सो पछि २ वर्ष एमबिबिएस समेत अध्ययन गरिन । तर व्यापार व्यवसायमा रुचाएकि उनले व्यवसायलाई नै अगाडी बढाईन । हाल नेपालमै विभिन्न व्यवसायमा उनको लगानी रहेकोमा माईती समेत रहेको क्षेत्र ४ बाट चुनावी मैदानमा होमिएकि हुन ।


निलम अधिकारी महोत्तरी क्षेत्र ४ ,एमाले ः
ईन्टरसम्मको अध्ययन गरेकि निलम अधिकारी एमाले कि सकृय सदस्य हुन । महिला अधिकारको क्षेत्रमा समेत दखल राख्ने उनी पछिल्लो समय हिंसा प्रभावित महिलाहरुको आवाज बन्दै आएकि छिन । हाल प्रतिनिधीसभा निर्वाचनको लागि घरदैलोमा मत माग्दै उनी मजबुत उम्मेदवारको रुपमा प्रस्तुत भएकि छिन ।


शिलम देवी यादव,महोत्तरी क्षेत्र ४ आम जनता पार्टी ः
शिलम यादव लघुवित्त पिडितहरुहरुको आवाज हुन । सहज रुपले ऋण दिने नाममा ऋणको चक्रमा फसाइएका खासगरि गाउघरका सोझा साझा महिलाहरुको लागि उनी संघर्ष गर्दै आएकि छिन । सडक तताएर सरकारको ध्यानाकर्षण गराउन सफल शिलम सदनमै गएर लघुवित पिडितहरुको आवाज कानुनको माध्यमले सम्बोधन गर्ने बताउछिन ।


सुमित्रा कुमारी , महोत्तरी क्षेत्र ४ , मंगोल नेसनल अर्गनाईजेशन ः
सामुदायिक वन सचिवको रुपमा अनुभव प्राप्त गरेकि सुमित्रा बन संरक्षणको लागि आवाज उठाउदै आएकि छिन । बढदो वन फडानी नियन्त्रणको लागि कानुन पालना र कडा कानुन समेतको लागि उनी सदन छिर्न चाहन्छिन । हाल घरदैलो गर्दै मत मांग्न व्यस्त उनी सामान्य लेखपढ गर्न जान्छिन ।