महोत्तरी,२९ माघ ।
महोत्तरीको मटिहानी नगरपालिका ४ मझौरामा ट्याक्टरको रोटाबेटरमा काटिएर दुई बालिकाको मृत्यु भएको छ । सोहि ठाउ निवासी इमरान राईनको ७ वर्षिया छोरी फरहाना खातुन र सिरहा जिल्लाको सिरहा नगरपालिका ११ माडर बस्ने सम्तुला राईनको छोरी ८ वर्षिया रफिया खातुनको मृत्यु भएको हो ।
चालक गरिब आलमले चलाएको ज१त ९७८२ नं.को ट्याक्टरले खेती जोतिरहेको अवस्थामा ट्याक्तरमाथि बसेकी दुई बालिकाका लडी ट्याक्टरको पछाडी लागेको रोटाबेटरमा टाउकोको भाग काटिएर मृत्यु भएको हो ।
स्थानिय फुल मोहम्मदको उक्त ट्याक्टर रहेकोमा चालक भने घटनापछि फरार भएको प्रहरीले जनाएको छ । चालकको खोजतलास भैरहेको छ । यता घटनाको जानकारी पाएलगतै मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल घटना स्थल पुगेका थिए । उनले चालकलाई तत्काल पक्राउ गर्न प्रहरीलाई आग्रह गरेका छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







