रञ्जन भण्डारी
महोत्तरी,२४ माघ ।
रतौली युवा क्लवले आफ्नो ३६ औं वार्षिकोत्सव सरसफाई तथा फलफुल वितरण गरि मनाएको छ । शिक्षा,स्वास्थ्य,बालबालिका,खानेपानी,सरसफाई,कृषी,दाइजोप्रथा,बालबिबाह,विपद लगायतका क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको रतौली युवा क्लवले शनिवार जलेश्वरनाथ महादेव मन्दिरमा सरसफाई गरेको हो भने मन्दिरमै रहेको हातेकल मर्मत गरेको छ । त्यसतै प्रादेशिक अस्पताल जलेश्वरमा विरामीहरुलाई फलफुल वितरण समेत गरेको छ ।