महोत्तरी,२१ माघ ।
महोत्तरीमा जसपा नेपालले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचन परिचालन कार्यक्रम सहित गरिएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम जसपा नेपालका वरिष्ट नेता शरत सिंह भण्डारीको उपस्थितिमा सम्पन्न भएको हो । महोत्तरी क्षेत्र ४ का प्रतिनिधी सभा सदस्य उम्मेदवार तथा पुर्व राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवको अगुवाईमा भएको हो ।
कार्यक्रममा वरिष्ट नेता भण्डारीले नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै हावा र हल्लाले नहल्लिन भने । उनले मधेशीको अधिकारको लागि जसपाले दिएको योगदान कुनै हावा र हल्लाले नभई मधेशीको रगत र संघर्षले आएकोले मतदाताकोमा शिर ठाडो पारेर पुग्न भने । उनले मधेशी जनताले मधेशी नेताको संघर्ष बुझेकोले निर्भिकताका साथ उनको आँगन पुग्न र आफ्नो भनाई र अनुनय सहित मत मांग्न निर्देशित गरे ।
बालेनलाइ लक्षित गर्दै उनले मधेशीमाथि गोलि चल्दा चुईक नबोलने आज भोटको बेला म मधेशी बेटा हो भन्दै मधेशी जनतालाई ठग्न आएकाहरूसंग सचेत रहन आग्रह गरे ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, सुशासनको प्रत्याभूति तथा उत्पीडित समुदायको हक–अधिकार सुनिश्चित गर्न जसपा निर्णायक भुमिकामा रहेको स्मरण गराए ।
यता क्षेत्र ४ का उम्मेदवार समेत रहेका पार्टीका नेता डा. यादवले आफुहरुले निरन्तर जनताको सेवा गरेको बताउदै जनताको विश्वास अझै जसपामै रहेको बताए । उनले मधेशीको अधिकारको लागि मधेशीले गरेको योगदान कै कारण आज देश र अन्तराष्ट्रिय समुदायले मधेश चिनेको बताए ।
कार्यक्रममा जसपाका महासचिव रामकुमार शर्मा ,जसपा नेपालको केन्द्रीय सचिव ज्ञानेन्द्र झा ज्ञानु,मधेश प्रदेश अध्यक्ष बाल किशोर यादव, प्रदेश सांसद एवम प्रमुख सचेतक रमिता प्रधान , प्रदेश साँसद सुरीता साह र केन्द्रीय सदस्य दिपक झा,महोत्तरी जिल्ला अध्यक्ष राम नरेश यादव तथा विभिन्न पालिकामा जसपाबाट निर्वाचित पालिका प्रमुख,उपप्रमुख लगायत सयौको उपस्थिति रहेको थियो ।
किसानलाई एकदिने धान विउ उत्पादन तथा रोग र किरा व्यवस्थापन सम्बन्धी तालिम
महोत्तरी,२१ माघ ।
राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम अन्तर्गत धनुषाको हर्दिनाथमा किसानहरुलाई कोपिया प्रोजेक्ट अन्तर्गत धानको बीउ उद्पादन, झारपात, बिभिन्न रोग र किरा व्यवस्थापन सम्बन्धी एकदिने तालिम दिएको छ । वरिष्ट बैज्ञानिक,एस–४ डा. पल्लवी कुमारी सिंहको अध्यक्षतामा सम्पन्न भएको सो तालिममा धनुषा र महोत्तरीका २३ जना अगुवा किसालले उन्नत तरिकाले धान उत्पादन गर्ने,खेतमा हुने विभिन्न झारपात र बालीमा लाग्ने किरा तथा रोग व्यवस्थान गर्ने बारे जानकारी लिएका छन ।
धनुषाधाम नगरपालिका ५ का किसान किसन साधु साहले वढ्दो विषादीको प्रयोगले खेतको उत्पादन क्षमतामा ह्रास आएको र रोग तथा किरा लाग्ने समस्या समेत पछिल्लो समय बढ्दै गरेको बताउदै तालिममा आफुले भोग्दै गरेको समस्या समाधान बारे जानकारी पाएको भन्दै तालिम आयोजकप्रति कृतज्ञता व्यक्त गरे । सोहि तालिममा महोत्तरीका अगुवा किसान राजदेव मण्डलले कृषी कर्ममा बालीमा लाग्ने रोगले तनाव भैरहेको बेला प्राप्त भएको तालिमले लाभ भएको बताए ।
नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको नेशनल राइस रिसर्च प्रोग्राम मार्फत महोत्तरी तथा धनुषाको कृषक समेटिने गरि कोपिया ३ वर्षे परियोजना संचालनमा छ । उक्त परियोजनाले बसन्त ऋतुको धान खेती प्रवद्र्धन गर्नुका साथै कम ग्लाइसेमिक इन्डेक्स भएका धानका जातिहरु पहिचान तथा प्रवद्र्धन गर्दै आएको छ ।







