महोत्तरी,२१ माघ ।
राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम अन्तर्गत धनुषाको हर्दिनाथमा किसानहरुलाई कोपिया प्रोजेक्ट अन्तर्गत धानको बीउ उद्पादन, झारपात, बिभिन्न रोग र किरा व्यवस्थापन सम्बन्धी एकदिने तालिम दिएको छ । वरिष्ट बैज्ञानिक,एस–४ डा. पल्लवी कुमारी सिंहको अध्यक्षतामा सम्पन्न भएको सो तालिममा धनुषा र महोत्तरीका २३ जना अगुवा किसालले उन्नत तरिकाले धान उत्पादन गर्ने,खेतमा हुने विभिन्न झारपात र बालीमा लाग्ने किरा तथा रोग व्यवस्थान गर्ने बारे जानकारी लिएका छन ।
धनुषाधाम नगरपालिका ५ का किसान किसन साधु साहले वढ्दो विषादीको प्रयोगले खेतको उत्पादन क्षमतामा ह्रास आएको र रोग तथा किरा लाग्ने समस्या समेत पछिल्लो समय बढ्दै गरेको बताउदै तालिममा आफुले भोग्दै गरेको समस्या समाधान बारे जानकारी पाएको भन्दै तालिम आयोजकप्रति कृतज्ञता व्यक्त गरे । सोहि तालिममा महोत्तरीका अगुवा किसान राजदेव मण्डलले कृषी कर्ममा बालीमा लाग्ने रोगले तनाव भैरहेको बेला प्राप्त भएको तालिमले लाभ भएको बताए ।
नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको नेशनल राइस रिसर्च प्रोग्राम मार्फत महोत्तरी तथा धनुषाको कृषक समेटिने गरि कोपिया ३ वर्षे परियोजना संचालनमा छ । उक्त परियोजनाले बसन्त ऋतुको धान खेती प्रवद्र्धन गर्नुका साथै कम ग्लाइसेमिक इन्डेक्स भएका धानका जातिहरु पहिचान तथा प्रवद्र्धन गर्दै आएको छ ।