रञ्जन भण्डारी
महोत्तरी,२१ माघ ।
महोत्तरीमा निर्वाचन प्रहरीको प्रशिक्षण सुरु गरिएको छ । उनीहरुलाई माघ १८ गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा नियुक्ती पत्र हस्तान्तरण गर्दै औपचारिक रुपमा तालिम दिन सुरु गरिएको हो । नेपाल प्रहरी तर्फका ६५८ महिला समेत गरि कुल ३४४७ र सशस्त्र प्रहरी तर्फ ४२९ निर्वाचन प्रहरीलाई प्रशिक्षण दिइदै छ ।
निर्वाचन प्रहरीको तालिम माघ २७ सम्म चल्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले बताए उनले युनिफर्म सहितको म्यादी प्रहरीको आवश्यक सामग्री समेत आउने प्रकृयामा रहेको बताए । माघ २७ पछि निर्वाचन प्रहरी निर्वाचन प्रयोजनको लागि सम्बन्धीत प्रहरी युनिटहरुमा खटने छन ।
महोत्तरीमा जिल्लाभरि कुल २५८ मतदान स्थल र ५२६ मतदान केन्द्र रहेको छ । मतदान स्थल र केन्द्रहरु क्षेत्रगत रुपमा क्षेत्र नं. १ मा ५९ मतदान स्थल र १२० मतदान केन्द्र तोकिएको छ भने क्षेत्र २ मा ६२ मतदान स्थल र १३३ मतदान केन्द्र छ । त्यसतै क्षेत्र ३ मा ७७ मतदान स्थल र १४२ मतदान केन्द्र छ । यता क्षेत्र ४ मा ६० मतदान स्थल र १३१ मतदान केन्द्र छ ।
मतदान स्थलहरुलाई संवेदनशिलताको आधारमा १६३ अतिसंवेदनशिल,८९ संवेदनशिल र ६ सामान्य गरि विभाजन गरिएको छ । मतदान स्थलहरुको सुरक्षाको लागि भित्री घेरामा नेपाल प्रहरी,दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ ।







