महोत्तरी,१७ माघ ।
ज्योती साहित्य प्रतिष्ठानको १९ औं वार्षिकोत्सवको अवसरमा ११ स्रष्टालाई सम्मान गरेको छ । काठमाडौं,अनामनगर स्थित डालो रेष्टुरेन्टमा आयोजित वार्षिकोत्सव कार्यक्रममा उक्त सम्मान गरिएको हो ।

कार्यक्रममा ज्योति साहित्य सम्मानः ज्ञान उदास, उषा शेरचन, ध्रुव मधिकर्मी, सीता पाण्डे, नीलम कार्की निहारीका, इल्या भट्टराई ज्योति प्रतिभा सम्मानः महेशराज खरेल, श्याम श्रेष्ठ, राकेश कुमार झा ज्योति विशिष्ट आजीवन सदस्यता सम्मानः कल्पना मरासिनी, राजेश मान के सी लगायत सम्मानित भएका हुन
सोहि अवसरमा कविता, गीत, गजल र लघुकथा वाचनका साथै, लेखक–कवि राकेश कुमार झा (रसिक)को कवितसंग्र्रह “म पनि लेख्न सक्छु” लोकार्पण समेत गरिएको छ ।