रञ्जन भण्डारी
महोत्तरी,१५ माघ ।
महोत्तरीमा निर्वाचन प्रहरीलाई माघ १८ बाट तालिम प्रदान गरिने छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले एक सुचना जारी गर्दै माघ १७ गते दर्ता नम्बर अनुसार बैंक खाता खोल्न आवश्यक डकुमेन्ट लिएर आउन निर्वाचन प्रहरीमा चयन भएकाहरुलाई भनेको छ भने सोहि दिन अर्को सुचना जारी गर्दै बाडफाड तथा तालिम स्थलबारे जानकारी गराइने जनाएको छ ।
महोत्तरीमा निर्वाचन प्रहरी नेपाल प्रहरी ६५८ महिला सहित ३४४७ जना छन भने शसस्त्र प्रहरीमा पुरुष निर्वाचन प्रहरीमात्र ४२९ छन । सशस्त्र प्रहरीले समेत महिला निर्वाचन प्रहरी मांग गरेकोमा नेपाल प्रहरी तर्फ महिलाको संख्या अपुग भएपछि चयन भएका सवै महिला निर्वाचन प्रहरी नेपाल प्रहरीले पाएको छ ।
निर्वाचन प्रहरीको लागि महोत्तरीमा ५३५९ आवेदन परेकोमा सो मध्ये ५२३९ सम्पर्कमा आएको तथा सो मध्ये समेत ४८७२ शारिरिक परीक्षणमा सहभागि भएर ४७८८ उतिर्ण भएका थिए । यता लिखित परीक्षामा समेत ४५०५ मात्र सहभागि भएकोमा सो मध्ये ४४२७ लिखितमा उतिर्ण भएका थिए । यता सो मध्ये समेत ४३९० ले मात्र अन्तरवार्ता दिएकोमा नेपाल प्रहरी तर्फ ३४४७,सशस्त्र प्रहरी तर्फ ४२९ चयन भई ४९१ लाई वैकल्पिकमा राखिएको छ ।
महोत्तरीको क्षेत्र नंं. १ मा ५६ हजार २२२ पुरुष,४९ हजार ७२२ महिला र २ अन्य गरि कुल एकलाख ५ हजार ६४६ मतदाता रहेकोमा उनीहरुलाई मतदान गर्न ५९ मतदान स्थल र १२० मतदान केन्द्र व्यवस्था गरिएको छ भने क्षेत्र नं. २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला गरि कुल एकलाख ७ हजार ५९४ मतदाता रहेकोमा उनीहरुलाई मतदान गर्न ६२ मतदान स्थल तथा १३३ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसतै क्षेत्र नं. ३ मा ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरि कुल एकलाख १० जार ४३६ मतदाता रहेकोमा यस क्षेत्रमा मतदान गर्न ७७ मतदान स्थल र १४२ मतदान केन्द्र राखिएको छ । यता क्षेत्र नं. ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ७५६ महिला मतदाता गरि कुल एकलाख ७ हजार ६०६ मतादाता रहेकोमा उनीहरुको लागि ६० मतदान स्थल १३१ मतदान केन्द्र निर्धारण गरिएको
तालिम पश्चात निर्वाचन प्रहरीलाई मतदान स्थलहरुमा तथा चुनावी कार्यमा खटाईने जनाइएको छ ।