रञ्जन भण्डारी

महोत्तरी,९ माघ ।

महोत्तरीमा चारजना उम्मेदवारले आफ्नो नाम उम्मेदवारीबाट फिर्ता लिएका छन । महोत्तरी क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवार प्रमोद कुमार साह र टेक बहादुर पोखरेलले नाम फिर्ता लिएका हुन भने क्षेत्र ३ बाट स्वतन्त्र उम्मेदवार राधेश्याम तिवारीको नाम फिर्ता भएको छ । यता क्षेत्र ४ बाट स्वतन्त्र उम्मेदवार संजय कुमार चौधरीले समेत उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिएका हुन । महोत्तरीमा उम्मेदवारको अन्तिम संख्या १३९ कायम भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा क्षेत्रहरुमा रहेको निर्वाचन अधिकृतको कार्यालयले आजै चुनाव चिन्ह समेत प्रदान गरेको छ  ।