काठमाडौं,९ माघ ।
सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ । बैठकबाट भएका नौवटा निर्णय सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश आर्यालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
प्रवक्ता अर्यालका अनुसार बैठकमा समसामयिक विषयदेखि नीतिगत निर्णयसम्म समेटिएका छन्। सरकारले पारदर्शिता कायम गर्ने उद्देश्यले मन्त्रिपरिषद् बैठकका निर्णयहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।
माघ ८ गतेको बैठकका निर्णयहरू ः
१. अर्थ मन्त्रालय ः सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।
२. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ः तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने।
३. कृषि तथा पशुपन्छी विकास मन्त्रालय भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने १% क्यगतज ब्कष्बल ब्नचयायचभकतचथ बलम त्चभभक यगतकष्मभ ँयचभकतक ऋयलाभचभलअभ (त्च्भ्भ्क्ऋब्एभ्क्–२०२६) मा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियार र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने।
४. गृह मन्त्रालय ः २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने।
५. परराष्ट्र मन्त्रालय ः नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुस १५ देखि १७ गतेसम्म बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको बंगलादेश भ्रमण समर्थन गर्ने।
६. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ः नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपयोग गर्न स्वीकृति दिने ।
७. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ः नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नं. ३, सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिने।
८. वन तथा वातावरण मन्त्रालय ः मिति २०८१।११।२७ मा प्रतिनिधि सभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई मिति २०८१।११।२७ गतेको अतिरिक्ताङ्ग गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने।
९. माननिय गृहमन्त्रीलाइ नेपाल सरकारको प्रवक्ता तोक्ने ।







