रञ्जन भण्डारी
महोत्तरी ७ माघ ।
महोत्तरीबाट पुर्व मन्त्री तथा प्रदेश साँसदले विभिन्न निर्वाचन क्षेत्रबाट आफ्नो मनोनयन दर्ता गराएका छन । महोत्तरी क्षेत्र १ बाट पुर्व मन्त्री गिरिराजमणि पोखरेलले नेकपाबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन भने सोहि क्षेत्रबाट पछिल्लो निर्वाचनमा निर्वाचित रहेका लक्ष्मी महतो कोईरीले यस पटक समेत एमालेबाटै मनोनयन दर्ता गराएका छन । पछिल्लो निर्वाचनमा थोरै मतान्तरले पुर्वमन्त्री पोखरले एमाले उम्मेदवार कोइरीसंग पराजित भएका थिए ।
यता क्षेत्र नं. २ बाट पुर्व मन्त्री तथा जसपाका वरिष्ट नेता शरत सिंह भण्डारीले मनोनयन दर्ता गराएका छन । पछिल्लो निर्वाचनमा समेत महोत्तरी क्षेत्र २ बाट नै निर्वाचित भएका पुर्वमन्त्री भण्डारीलले काँग्रेस नेतृ किरण यादव लगायतका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुसंग प्रतिस्पर्धा गर्नेछन ।
त्यसतै क्षेत्र ३ मा यस पटक जसपाका संरक्षक तथा पछिल्लो दुई पटक यसै क्षेत्रबाट निर्वाचित भैसकेका महन्थ ठाकुरले आफ्नो छोरी मिनाक्षी ठाकुर झालाई उम्मेदवार बनाएका छन । छोरी उम्मेदवार बनाएपछि तिव्र आलोचनाको सामना गरिरहेका ठाकुर परिवारलाई चुनौती दिन सोहि दलबाट टिकटका आकाँक्षी रहेका पुर्वमन्त्री हरि नारायण यादवले टक्कर दिदैछन । आफुले पाउनु पर्ने टिकट नेता ठाकुरले छोरीलाई दिएपछि उनले जसपाबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन । त्यसतै महोत्तरी क्षेत्र ३ बाटै नेपाल संघिय समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष पुर्व राज्यमन्त्री रिजवान अंसारीले समेत उम्मेदवारी दर्ता गराएका छन ।
यता क्षेत्र नं. ४ मा पछिल्लो निर्वाचनमा काँग्रेसवाट निर्वाचित महेन्द्र यादवले यस पटक समेत उम्मेदवारी दर्ता गराएका छन भने सोहि क्षेत्रबाट पुर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवले समेत जसपाबाट उम्मेदवारी दिएका छन । यहि क्षेत्रबाट एमालेबाट लड्ने चर्चा चलेका मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले भने आफ्नो ठाउमा नेतृ निलम अधिकारीलाई उठाएका छन । यता नेकपाबाट प्रदेश साँसद रहेका भरत साहले आफ्नो पदबाट राजिनामा दिदै यस पटक क्षेत्र ४ बाटै चुनावी मैदानमा उत्रेका छन ।