रञ्जन भण्डारी
महोत्तरी,६ माघ ।
महोत्तरी क्षेत्र ३ मा दलबाट नाम सिफारिस भएर पनि टिकट नपाएपछि आकाँक्षीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । एमालेबाट पहिले एकल र पछि दुई उम्मेदवार सिफारिस भएर पहिलो नम्बारबाट दोस्रो नम्बरमा नाम परि टिकट आफुले नपाएपछि एमाले नेता राम आधार कापरले स्वतन्त्र उम्मेदवारी दिएका छन । उनले पार्टीले किन पहिले एकल र पछि दुईजनाको नाम सिफरिस गरेको र आफुलाई टिकट नदिएको बारे आफु जानकार नभएको बताउदै महोत्तरी क्षेत्र ३ मा पहिलेपनि आफुले दल बिहिन भई स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडिसकेको र फेरी पनि स्वतन्त्र लड्न कुनै बाधाले नछेक्ने बताए ।
उनले पछिल्लो निर्वाचनमा निर्वाचित भन्दा कम मत आएको भन्दै यसपाली अझै मेहेनेत गरेर जनताको मन जित्दै पहिलो हुनेमा आफु ढुक्क रहेको बताए । उनले स्वतन्त्रबाट उम्मेदवारी दिई पछिल्लो प्रतिनिधीसभा क्षेत्र निर्वाचनमा १२७३३ मत ल्याएर तेस्रो स्थान ल्लाएका थिए ।
त्यसतै पछिल्लो प्रतिनिधीसभा निर्वाचनमा जसपाबाट १४३२५ मत ल्याई दोस्रो स्थानमा रहेका हरि नारायण यादवले यस पटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन । जसपा लोसपा एकिकरण पछि अन्तिम अवस्थासम्म पार्टीकै तर्फबाट उम्मेदवार हुने चर्चा चलेपनि जसपा संरक्षक महन्थ ठाकुरले आफ्नी छोरीको डा. मिनाक्षी ठाकुरको नाम अघि सारेपछि यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उनले पछिल्लो निर्वाचनमा झिनो मतले महन्थ ठाकुरसंगै हार व्यहोरेकोमा यस पटक भने तिनै महन्थ ठाकुरले पार्टी एकिकरण पछि आफ्नो छोरीको नाम सारेपछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।
महोत्तरीमा हालसम्म दुई स्वतन्त्र उम्मेदवारसंगै एमालेबाट महेश सिंह,नेपाल संघिय समाजवादी पार्टीबाट मो.रिजवान अन्सारी,नेपालका लागि नेपाली पार्टीबाट रजनिश शनातनी,रास्वपाबाट उज्वल झा,उज्यालो नेपालबाट रंजित साह लगायतका उम्मेदवारले मनोनयन दर्ता गराईसकेका छन भने अझै उम्मेदवारहरु मुख्यनिर्वाचन अधिकृतको कार्यालय आउने क्रम जारी छ ।







