रञ्जन भण्डारी
महोत्तरी,५ माघ ।
महोत्तरीको क्षेत्र नं. ३ बाट संघियता पछि महन्थ ठाकुर दुई पटक निर्वाचित भैसकेका छन । तर दोस्रो पटकको कार्यकाल पुरा नहुदै जेनजी आन्दोलन भई प्रतिनिधीसभा भंग भयो । सो पछि नयाँ चुनावको परिस्थिति सृजना भएसंगै देश, मधेश र महोत्तरी क्षेत्र ३ पनि नयाँ निर्वाचनको लागि तयार भैसकेको छ । वर्तमान अवस्था र परिस्थितिमा महन्थ ठाकुरले क्षेत्र छोडेपछि यस क्षेत्रको कमाण्ड कुन नेताले हाक्ने हुन व्यापक चर्चाको विषय बनेको छ ।
यता आफ्नो एक पुर्ण र एक अर्ध कार्यकालमा महन्थ ठाकुरले यस क्षेत्रको विकासमा कति योगदान दिए,त्यो चर्चा हुदै गर्ला अहिले भने नयाँ उम्मेदवारले यसक्षेत्रलाई के दिने भन्ने विषयको चियो चर्चा हुन थालेको छ । क्षेत्र ३ मा हालसम्म चर्चा चलेका नामहरु रामचन्द्र तिवारी,बजरंग नेपाली,चन्दन सिंह,रामकुमार शर्मा,हरि नारायण यादव,डा.मिनाक्षी ठाकुर , डा.सरोज ठाकुर,उज्जवल झा, रंजित साह, विजय चौधरी, रामआधार कापर,रविन्द्र ठाकुर,राजकिशोर साह(नब्बा सिंह),मनोज सिंह,राजेश्वर यादव,नजामुद्दिन अंसारी, शशिरंजन यादव लगायत नयाँ तथा अन्य पुराना दलहरुबाट अन्य थुप्रै नेताहरु चुनावमा सहभागि हुने चर्चा छ । तर यो लेखिरहदा टिकट भने कसैको हातमा परेको छैन ।
दलगत अवस्था ः
एमालेबाट मनोज सिंह र राम आधार कापरले टिकट पाउने चर्चा चलिरहदा आज साझसम्म नाम टुंगो लाग्ने सम्भावना छ । तथापी राम आधार कापरको नाम रास्वपासंग पनि जोडिदैछ । उनी एमालेबाट नभए रास्वपा वा स्वतन्त्र वा अन्य कुनै दलबाट चुनावी मैदानमा होमिन सक्ने सम्भावनालाई यहि हुने भनेर यकिन गर्न तत्काल कठिन छ । यता काँग्रेसमा देउवा पक्षबाट रामचन्द्र तिवारी र गगन थापा पक्षबाट बजरंज नेपालीको नाम चर्चामा रहेकोमा निर्वाचन आयोगले गगनलाई आधिकारिकता दिएपनि देउवा पक्ष अदालत जाने तयारीमा रहेकोमा काँग्रेसकै तर्फबाट दुईमध्ये को हुने वा नयाँ कोहि अनुहार थपिने भन्ने यकिन गर्न तत्काल सम्भव छैन । त्यसतै नेकपाबाट विजय चौधरी,रविन्द्र ठाकुर र राज किशोर साहको नाम चर्चामा रहेकोका टिकक आज साझसम्म फाईनल हुन सक्ने अनुमान छ । यसवाहेक जनमतबाट चन्दन सिंह वर्तमान समयसम्म चुनाव लड्ने मनस्थितिमा छन ।
यसका अलावा हालै एकिकरण भएको जसपाको तर्फबाट महन्थ ठाकुर कि छोरी डा. मिनाक्षी ठाकुरको नाम चर्चा भैरहेकोमा हरि नारायण यादव र रामकुमार शर्मा समेत चुनाव लड्ने सुचीमै छन । जसपाको तर्फबाट समेत हालसम्म आधिकारिक उम्मेदवार घोषणा भैसकेको अवस्था छैन । यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. सरोज ठाकुर,उज्जवल झा र रंजित साहको चर्चा समेत चल्दैछ भने यहि क्षेत्रबाट बालेन स्वयमलाई चुनाव लड्न उनका समर्थक तथा शुभचिन्तकहरुले आग्रह गरिरहेका छन ।
राप्रपा पनि एकिकरण पछि हालसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देलले जिल्ला अध्यक्षलाई चुनाव लड्न भनिरहेकोमा जिल्ला अध्यक्ष नै चुनावमा होमिने हुन वा अन्य कसैले टिकट पाउने हो भन्ने चर्चा पार्टीमा चलिरहेको छ । राप्रपाबाट हाल राजेश्वर यादव,नजामुद्दिन अंसारी र शशी रंजन यादवको नाममा छलफल भैरहेको छ । यसका अलावा श्रम संस्कृति पार्टी,नागरिक उन्मुक्ति पार्टी लगायतका दलबाट समेत उम्मेदवारहरु छन ।
माथी उल्लेखित उम्मेदवारहरु बाहेक समेत अन्य उम्मेदवारहरु हुन सक्ने भएकोले यतिबाट नै सम्बन्धीत पार्टीहरुले उम्मेदवार बनाउने हुन वा थप कोहि आउने हुन अहिले नै भन्दा उपयुक्त नहोला । यसका अलावा कतैबाट टिकट नपाउनेहरु वा कुनै दलबाट टिकट लिन नचाहने उम्मेदवारहरुले स्वतन्त्र उम्मेदवारी दिन सक्ने सम्भावना समेत छ ।
अन्तिम अधिकार जनताकै हातमा ः
यहा क्षेत्र ३ मा कुन उम्मेदवार मजबुत र कुन उम्मेदवार कमजोर भन्ने विश्लेषण सहि हुनेछैन । त्यो विश्लेषण हामीले गर्नपनि हुदैन । आ आफ्नो किसिमले सवै कतै न कतै मजबुत नै छन । यो विल्कुलै जनतामाथि निर्भर छ जनताले को माथि विश्वास गर्नेछ र चुनाव जिताउने छ ।
माघ ५ गते बालेनले जनकपुरमा गर्ने सम्बोधनले पनि धेरै अर्थ राख्ने भएकोले जनताले बालेनको सम्बोधनको पनि प्रतिक्षा गरिरहेको अवस्थामा बालेनको दल सहित मुख्य दलहरुले आफ्नो उम्मेदवार फाईनल गरिसकेपछि समेत अझै सुक्ष्म चर्चा गर्न सहज हुनेछ ।
तर महोत्तरी क्षेत्र ३ भने पहिलेपनि चर्चामा रह्यो र आगामी दिनमा पनि यहि क्षेत्रले चुनावी चर्चा पाउनेमा दुईमत छैन ।