रञ्जन भण्डारी
महोत्तरी,५ माघ ।
काठमाडौं महानगरपालिकाका निवर्तमान नगरप्रमुख तथा राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन्द्र शाह(बालेन) आईतवार साझ जनकपुर आईपुगेका छन । सोमवार जनकपुरको तिरहुतिया गाछीमा राखिएको विशाल सभालाई सम्बोनध गर्न आईतवार नै महानगर प्रमुखबाट राजिनामा दिएर उनी रा.स्व.पा. पार्टी कार्यालय प्रवेश गरि प्लेनले जनकपुर आइपुगेका हुन । जनकपुर विमान स्थलमा उनलाई स्वागत गर्न हजारौ शुभचिन्तक तथा पार्टीका पदाधिकारीहरु पुगेका थिए । बालेनले यात्री विश्राम जनकपुर स्थित यात्री निवासमा गर्दै बिहानै जानकी मन्दिर दर्शन र सो पछि सिरहा पुगेरु शहिदहरुको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ । सो पछि जनकपुर आएर विशाल जनसभालाई उनले र रा.स्व.पा.का अध्यक्ष रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ ।
बालेनको सम्बोधनले निर्धारण गर्नेछ उनको मधेशको राजनितिक यात्रा ः
बालेनले विशाल जनसभामा आफ्नो मन्तव्य कसरी राख्ने र के राख्ने विषयले उनको मधेशको राजनितिक यात्राबारे खुल्ने मधेशका बुद्धिजीवीहरुको बुझाई छ । बालेनले मन्चबाट बोल्न चयन गर्ने भाषा र उनको भाषणमा मधेश र आफ्नोपन जनताले खोजेको उनीहरुको भनाई छ । यता रा.स्व.पा.मा हालै प्रवेश लिएका भ्रष्टाचार विरुद्धका अभियन्ता विनित पाण्डेयले बालेनले जन अपेक्षा अनुसार नै प्रतिकृया दिनेमा आफु विश्वस्त रहेको बताएका छन । उनले सम्बोधनको प्रतिक्षा गर्न सवैमा आग्रह गरेका छन । बालेनको पिपरा लगायतका महोत्तरीकै विभिन्न स्थानमा पुग्ने वारे समेत छलफल भैरहेको बताउदै जनताले चाहेका र खोजेका बालेन नै आएको उनले बताए ।
आफ्नै पुरख्यौली स्थलबाट चुनाव लड्न आग्रह ः
यता जनसभालाई सम्बोधन गर्न जनकपुर आईपुगेका बालेनलाई आफ्नै पुरख्यौली स्थलबाट चुनाव लड्न नागरिक समाज र उनकै गाउलेहरुले समेत आग्रह गरेका छन ।
बालेनको चर्चा झापा र काठमाडौं लगायतका स्थानहरुमा चलिरहदा उनका गाउले तथा क्षेत्र सहित जिल्लाका अधिकांशले उनको उम्मेदवारी आफ्नै पुख्र्यौली ठाउबाट परोस भन्ने अपेक्षामा छन ।
लामो समयसम्म आफ्नै गाउको मुख नदेखेका बालेनले बुबा कै श्राद्धकर्म समेत काठमाडौंमै गर्दा समेत आफन्त र गाउलेमा भने रोष छैन । उनकै घर अगाडी १० औं वर्ष देखि उनकै काकाको जग्गामा चिसा पसल गरि बसेका एकडारा गाउपालिका २ बेला निवासी हरदेव यादवले बालेन परिवारको योगदान एकडारामा धेरै भएको बताउदै करोडौ पर्ने जग्गा सोहि परिवारले बजारको लागि दान गरेकोमा यस्तो परिवारका छोराले आफ्नै ठाउबाट चुनाव लड्नु गौरवको कुरा भएको बताए । उनले बालेनलाई हेर्न र उनको आवाज सुन्न समेत यहाका स्थानिय लालायित भएको बताउदै उनको आफ्नो गाउमा र क्षेत्रमा आगमनमात्रले जित सुनिश्चित हुने बताए ।
महोत्तरीको छोरा प्रधानमन्त्रीकै दावेदारको रुपमा चुनावमा उठ्दा गाउमात्र नभई सम्पुर्ण जिल्ला र मधेशकै गौरवको विषय हुने उनले बताए । बालेनलाई मतदान गर्न क्षेत्र ३ मा कुनै ईन्तु वा परन्तु नहुनेमा सम्पुर्ण एकडाराबासी एकमत रहेको उनले थपे ।
यता एकडारा बजार कै निवासी सत्यनारायण पासवानले बालेन प्रधानमन्त्री बनेको हेर्न चाहेको बताए । उनले यो भन्दा ठुलो सान अरु नहुने बताउदै उनलाई धेरै नसोची आफ्नै क्षेत्रबाट चुनाव लड्न आग्रह गरे । पासवानले मधेशको छोराले काठमाठौंमा त्यत्रो नाम गरेको बताउदै आफ्नै ठाउमा झन कतिधेरै काम गर्ने भन्दै एकपटक आफ्नो पुख्र्यौैली ठाउबाट निर्वाचित भई गाउको गौरख अझै बढाई दिन आग्रह गरे ।
एकडारा कै युवा गोपाल भण्डारीले बालेनको नाममात्र सुनेको बताउदै उनलाई हेर्न ललक रहेको र उनले गर्ने विकास हेर्न चाहेको बताए । जेनजी पुस्ताका भण्डारीले युवाहरुको साथमा रहदम रहने बालेन आफुहरुको रोल मोडल रहेको बताए ।
तर यो परिस्थिति भने बालेनको लागिमात्र भएको समेत स्थानियहरु बताउछन । बालेनकै कारण समेत एकडाराले समाजमा उच्च सम्मान पाएको र स्थानियहरुले बालेन आफ्नो गाउको हो भन्ने गौरव पाउन सकेकोले बालेन र बालेन परिवारको योगदानलाई कदर गर्दै उनलाई यहि ठाउबाट उम्मेदवारी दिन आग्रह गरिएको स्थानियहरुको भनाई छ । यहा राष्ट्रीय स्वतन्त्र पार्टी भन्दा पनि बालेनसंगको आत्मियताको कारणले मत पाउने उनीहरु थप्छन ।
बालेनले स्वतन्त्र भएरै उम्मेदवारी दिए समेत उनको जित सहज हुने स्थानियहरुको बुझाई छ । जलेश्वर नगरपालिका वडा नं. २ का विजय साह समेत बालेनको लागि पार्टीबाट माथि उठेर स्थानियहरुले सोच्ने बताए । बालेन व्यक्तिमात्र नभई अहिले सोच बनिसकेको अवस्थामा बालेनको लागि पार्टी पहिलो प्राथमिकता नभई बालेन पहिलो प्राथमिकता हुने उनको भनाई छ । तर बालेन छैनन भने मतदाताहरुले धेरै कुरा बिचार गरेरमात्र मतदान गर्ने अवस्था रहेको थपे ।







