रञ्जन भण्डारी
महोत्तरी,२ माघ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको छ । जिल्ला समन्वय समितिको भवनमा शुक्रवार कार्यालयको उद्घाटन गरिएको हो । जिल्ला अदालत महोत्तरीका एक नंबर न्यायाधीश समेत रहेका माधव प्रसाद अधिकारीले क्षेत्र नं ३ समेतको कार्यभार हेर्ने गरि जिल्ला समन्वय समिति प्रमुख सुमनलाल कर्ण, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख र सुरक्षा निकाय प्रमुखहरु को उपस्थितिमा कार्यालय उदघाटन गरिएको हो ।
यता आजै महोत्तरीको क्षेत्र १,२ र ४ को कार्यालय समेत सम्बंधित क्षेत्रमा खुलिसक्ने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







