रञ्जन भण्डारी
महोत्तरी,१ माघ ।
महोत्तरी स्थित पिपरा गाउपालिकाको १६औं हिउदे अधिवेशन विहिवार सम्पन्न गरेको छ । गाउपालिका अध्यक्ष राम जानकी यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
हिउदे अधिवेशनबाट सामाजिक संस्था दर्ता ऐन स्विकृत गरिएको गाउपालिका अध्यक्ष यादवले जनाएका छन । उनले योसंगै करारका कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउने,उपभोक्ता समितिहरुलाई ठोसकाममा ५ प्रतिशत र कच्ची(माटो ग्राभेल) मा १० प्रतिशत श्रमदान लिने निर्णय समेत गरेको छ ।
अधिवेशनमा गाउपालिका उपाध्यक्ष बन्दना पाण्डेयले योजना÷कार्यक्रमको संसोधन प्रस्ताव पेस गरेकि थिईन । अधिवेशनबाट संसोधनको निर्णय समेत गरिएको छ ।