मटिहानी,१ माघ ।
मटिहानी न.पा. ४, महोत्तरीको मझौरा बिसनपुर स्थित साना किसान कृषि सहकारी संस्था लि. को आज १८ औ बार्षिक साधारण सभा व्यापक जनसहभागितामा सम्पन्न भएकोछ। संस्थाको अध्यक्ष श्री किशोरी महतोको अध्यक्षतामा सप्पन्न उक्त सभामा प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष मिश्री नायक तथा विशिष्ट अतिथि साना किसान बिकास लघुवित केन्द्रिय कार्यालय काठमाडौका पुर्व संचालक सदस्य श्री रबिन्द्र प्रसाद यादब हुनुहुन्थ्यो । संचालक समिति, लेखा समिति , अन्तर समूह समिति, शेयर धनी, किसान, पार्टिप्रतिनिधी, सामाजसेवी लगायत आम जनसमुदायको उपस्थितमा सम्पन्न उक्त सभामा प्रमुख अतिथी, विशिष्ट अतिथि लगायत शेयरधनी र विभिन्न संघसंस्थाबाट आमन्त्रित अतिथिहरुले संस्थाको प्रगति सम्बन्धमा आपनो जिज्ञासा तथा मन्तव्य राख्नुभएको थियो।
Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.
संस्थाका प्रबन्धक श्री रामदेव यादवले गत आ. व. २०८१/०८२ को आय ब्यय तथा चालू आ. व. २०८२/०८३ को प्रस्तावित बजेट र संस्थासँग संबंधित विभिन्न तथ्यांक प्रष्ट पार्दै हाल संस्थाको कुल सम्पती १२६०१२५१०/- अक्षरेपी बाह्र करोड साठी लाख बाह्र हजार पाचसय दस रहेको र रु. ९१७१६०००/- लगानीमा रहिरहेको छ भने २०८२अषाढ मसान्तसम्म संस्थाको नाफा रु. १०५५८०००/- बताउनुभयो। हाल संस्थामा मटिहानी वडा नं. ४ र ५ का जम्मा शेयर सदस्य संख्या ६१४ रहेका छन ।
Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.
प्रबन्धक यादबका अनुसार गत आव भन्दा यस आव मा ऋण र ब्याज असुलीमा वृद्धि भएपनी भाका नाघेको र ऋणिहरुको अनुत्तरदायीको कारण लक्ष्य अनुसार प्रगती नभएको ब्योहोरा अवगत गराउनुभयो।







