अर्जुन साह
सिमरा, ३० पौष ।
“सक्षम बालिका समृद्ध मधेस” भन्ने मुल नाराका साथ बालबिबाह विरुद्धको प्रदेश स्तरिय संजालको आयोजना र हाम्रो प्रयास,सखी,लाइफ नेपाल,महिला सचेतना समुह,दलित बिकास फोरम,मुक्ति नेपाल,परिकल्पना नेपालको सह-आयोजनामा मधेस प्रदेशको जितपुर सिमरा उपमहानगरपालिकामा मिति २०८२/०९/२९ गते र ३० गते मधेस बालिका सम्मेलन २०८२ आयोजना गरिएको थियो ।
Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.
बालबिबाह,दाइजो प्रथा तथा सामाजिक बिधमान हानिकारक अभ्यास अन्त्य र बालिकाको अधिकार संरक्षण तथा नेतृत्व बिकासलाई अग्रसर बनाउने उदेश्यले सम्मेलन आयोजना गरिएको आयोजक समितिका कार्यक्रम संयोजक प्रशन्सा सिंहले जानकारी गराए ।
उक्त सम्मेलनको पहिलो दिन उद्घाटन सत्रको अध्यक्षता बालिका सम्मेलन मुल आयोजक समितिका अध्यक्ष सन्ध्या पटेलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, बिशिस्ट अतिथि नीति तथा योजना आयोग कि सदस्य मा.रिना यादव, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र कडेल, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख बेदप्रकश जोशी ,महिला अधिकारकर्मी निभा सिंह लगायत अतिथि पत्रकार,नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेका थिए । उक्त सम्मेलनमा मधेस प्रदेशका सबै जिल्लाका करिब १०० जना बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.
मधेस बालिका सम्मेलन २०८२ भब्यपुर्वक आयोजना गर्न मधेस प्रदेश सरकारले शुभकामना संदेश समेत पठाइएका थिए । सन्देशमा बालबालिका भबिस्यका आशामात्र होईन परिवर्तनका अग्रदुत हुन ।शिक्षा,स्वास्थ्य,लैङ्िगक न्याय तथा प्राविधिक सुरक्षामा अर्थपुर्ण सह्भागिता सुनिश्चित गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ।
प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको भनाई अनुसार मधेस बालिका सम्मेलन हाम्रो स्थानीय तहमा हुनु मेरो लागि गौरवको बिषय हो । अहिले पनि मधेसमा बालिकाहरु दाइजो प्रथा,बालबिबाह, हिंसा लगायतका घटनाहरु भोग्नुपरेका छ्न । जसको प्रत्यक्ष असर वहाँहरुको जिवन माथी पर्ने गएकोले यो सम्मेलन बालिकाहरुको नेतृत्व बिकास,सशश्क्तीकरणमा पहुँच हुनेछ भन्ने बिश्वास लिएका छ्न ।
उक्त दुई दिने सम्मेलनमा बालबालिकाहरुले अनुभव आदानप्रदान गरिएको छ भने अगामी रणनीति निर्माणमा सह्भागिता, मानसिक स्वास्थय हेरचाह तथा स्वहेरचाह, डिजिटल सुरक्षा जस्ता सबालहरुमा छ्लफ फल भएको साथै यो सम्मेलनले समाजमा रहेका बालबालिकाहरुलाई सकारात्मक सन्देश दिने लक्ष्य रहेको कुरा हाम्रो प्रयास संस्थाका प्रबन्ध ओम प्रकाश गिरिले जानकारी गराए ।
उक्त दुई दिने सम्मेलनमा बालिकाहरुले वर्तमान अवस्थामा भोग्नुपरेका जटिल समस्या बालबिबाह,दाइजो प्रथा र हिंसा विरुद्ध सचेतनामुलक सडक नाटक, सामुहिक बहस लगायत विभिन्न कार्यक्रम गरी सप्पन्न गरेका छ्न ।







