रञ्जन भण्डारी
महोत्तरी,३० पौष ।
महोत्तरीका रास्वपा कार्यकर्ता,युवा,समाजका अगुवा तथा पछिल्लो समय विभिन्न दलमा आवद्ध रहि राजनितिमा सकृय भई वर्तमान समयमा ति दलहरुबाट दुरी बनाएर रास्वपामा आवद्ध तथा आवद्ध हुने तयारीमा रहेका नेताहरुले बालेन्द्र शाह(बालेन)लाई महोत्तरीबाटै चुनाल लड्न निम्तो दिएका छन । काठमाडौं स्थित ज्वागलमा रहेको कुमार व्यन्जनकारको घरमा बालेनसंग भेटेका उनीहरुले उक्त निम्तो दिएका हुन ।
भ्रष्टाचार विरोधी अभियन्ता महोत्तरी पिपराका विनित पाण्डेय लगायतका टोलीले बालेनसंग लामो छलफलमा महोत्तरी क्षेत्र ३ को वस्तुस्थिति वारे उनलाई जानकारी गराउदै महोत्तरी क्षेत्र ३ ले उनलाई खोजेको बताए । बालेनको पैतृक गाउसमेत महोत्तरीको क्षेत्र ३ मै रहेको एकडारा गाउपालिकामा रहेकोमा यसै क्षेत्रका जनताले उनी आफ्नै पुर्ख्यौली क्षेत्रबाट निर्वाचित होउन भन्ने इक्क्षाएको बालेनलाई बताए ।
बालेनले गम्भिरता पुर्वक सवै कुरा सुनेर आफु छलफलमा रहेको बताएका हुन । उनले महोत्तरी समेत आफ्नो प्राथमिकतामा रहेको बताए ।







