वकिल मुखिया
महोत्तरी,२९ पौष ।
जिल्ला प्रसासन कार्यालय महोत्तरीले फाल्गुन २१ गते हुन लागेको प्रतिनिधीसभा निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त सम्पुर्ण हतियार बुझाउन हतियार धनीहरुलाई १५ दिने सुचना जारी गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै हतियार बुझाउन सुचना निकालिएको जिल्ला प्रसासन कार्यालय महोत्तरीले जनाएको छ ।
सुचना अनुसार हातहतियार धनीले १५ दिनभित्र नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा अनिवार्य बुझाउनु पर्ने छ ।
बुझाइएका हतियारहरु निर्वाचन सम्पन्न पश्चात धनीलाई फिर्ता दिईने छ । तोकिएको समयमा हातहतियार नबुझाए वा अटेर गरे प्रचलित कानुन बमोजिम हातहतियार जफत गरि कानुनी कार्यवाही समेत गरिन सक्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जनाएका छन ।







