महोत्तरी,२६ पौष ।

राष्ट्रिय स्वतन्त्र पार्टीले महोत्तरीको गौशाला नगरपालिका ५ स्थित घैला बजारमा आयोजन गरेको पार्टी प्रवेश कार्यक्रममा गौशाला र सोनमा लगायतका क्षेत्रबाट ६५० भन्दा वढीले पार्टी प्रवेश गरेको छ । गौशाला नगरसमितिको आयोजनमा पार्टी प्रवेश कार्यक्रम राखिएकोमा विभिन्न दल तथा राजनितिमा प्रथम पाईला राखेका युवाहरुले समेत प्रवेश लिएका छन ।

जिल्ला अध्यक्ष शुभम कुमार यादवले नेतृत्व गरेको सो पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रुपमा केन्द्रबाट मनिष झा आउने कार्यक्रम तय भएपनि प्राविधिक कारणले उनी आउन नसक्दा केन्द्रिय संगठन विभाव सदस्य डा. बिमल तिवारीको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला अध्यक्ष यादवले रास्वपाप्रतिको प्रेम जनताले समेत देखाईरहेको अवस्थामा यस पटकको निर्वाचनमा रास्वपाले नयाँ रेकर्ड कायम गर्ने बताए । उनले नवप्रवेशीहरुलाई स्वागत गर्दै देश र जनताको हितमा रास्वपाको साथ दिन टिममै आएको साथीहरुलाई धन्यवाद दिदै सवैको साथले युवा नेतृत्वको सरकार देशमा बन्ने विश्वास व्यक्त गरे ।