रञ्जन कुमार भण्डारी
महोत्तरी,२२ असोज ।
दशैं,दिपावली तथा छठ पर्व मध्यनजर गर्दै पर्वमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी र शसस्त्र प्रहरीका १३३१ सुरक्षाकर्मी परिचालन हुने भएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पत्रकार सम्मेलन आयोजन गर्दै सो बताएका हुन । जिल्ला सुरक्षा समितिको वैठकले जिल्लाभरि पर्व शान्तिपुर्ण रुपमा मनाउन कार्ययोजना सहित सुरक्षाकर्मीहरुलाई फिल्डमा खटाउने तयारी गरेको हो ।
प्रजिअ यादवले वर्तमान अवस्थामा महोत्तरी शान्तिपुर्ण रहेको बताउदै सिमा नजिक भएको कुरालाई समेत मध्यनजर गर्दै चोरी लगायतका विभिन्न आपराधिक घटना नियन्त्रणको लागि सुरक्षा विश्लेषणपछि सो निर्णय लिइएको थपे ।
उनले सिमाक्षेत्र तथा भित्री शहरी तथा ग्रामिण क्षेत्र र राजमार्ग लगायतका सुरक्षाको आवश्यक्ता पहिचान गरिएका स्थानहरुमा सुरक्षाकर्मीहरु परिचालन हुने बताए ।







