जिल्ला प्रशासन कार्यालय महाेत्तरी

रञ्जन कुमार भण्डारी
महोत्तरी,२२ असोज ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले साँस्कृतिक कार्यक्रमको नाउमा आर्केस्ट्रा नचाउन छुट नरहेको बताएका छन । चाडवार्ड र विभिन्न पुजाको समय साँस्कृतिक कार्यक्रमको नाउमा अनुमति लिएर आर्केस्ट्रा नचाउने र यसले समाजमा नकारात्मक असर परिरहेको विभिन्न गुनासो आउन थालेपछि यस्तो कार्यको लागि छुट नरहेको प्रतिकृया दिएका छन ।
उनले भने,‘साँस्कृतिक कार्यक्रमको नाउमा अनुमति लिन आउने धेरै छन । केहि बिना अनुमतिकै मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन गर्ने गरेको गुनासो छ । तर कोहि कसैले कुनै बहानामा समाज विगार्ने मनसायका साथ अभद्रता र अश्लिलता पस्कन खोजे त्यो कारवाहीको भागी हुनेछ । अभद्रता वा अश्लिलताको लागि कुनै छुट छैन । प्रहरी लगायतका सवै सरोकारवाला निकायहरुलाई यस्ता कार्यक्रम संचालन गर्ने वा गर्न खोज्नेमाथि निगरानी राख्न आवश्यक निर्देशन दिइएको छ । ’

अबेर रातीसम्म कार्यक्रम संचालन र मदिरा विक्री वितरण समेतमा आफुहरु गम्भिर रहेको बताउदै प्रजिअ यादवले यस्ता कार्य गर्नेहरुमाथि निगरानी राख्न र नियन्त्रणको लागि प्रहरीलाई जानकारी गराउन सर्वसाधारणमा आग्रह गरे । उनले वास्तविक र भद्र साँस्कृतिका कार्यक्रमको लागि नियमानुसार कुनै बन्देज नरहेको थपे ।
प्रजिअ यादवले दशैं विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षा निकायलाई कुनै अप्रिय घटना हुन नदिन विशेष निर्देशन सहित परिचालन गरेका छन ।