एनप्यावसन मधेश प्रदेशको तेस्रो अधिवेशन सनिवार सम्पन्न भएको छ।

अधिवेशनले प्रभुलाल प्रसाद कुशवाहाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

निर्वाचित हुनेहरूमा उपाध्यक्षमा सप्तरीका वसन्त कुमार चौधरी, द्वितीय उपाध्यक्षमा महोत्तरीका डा. सिद्धार्थ गौतम साह, तृतीय उपाध्यक्षमा पर्साका उत्तम कुमार कानु, सचिवमा महोत्तरीका कैशलेन्द्र कुमार, कोषाध्यक्षमा बाराका मंगेश्वर प्रसाद यादव, सहसचिवमा बाराका के.एस. फिग्रीसन र सहकोषाध्यक्षमा चन्दन किशोर यादव रहेका छन्।

त्यसैगरी सदस्यहरूमा सर्लाहीका वीरेन्द्र कुमार सिंह, बाराका राजकिशोर साह, सप्तरीका पवन कुमार साह, पर्साका राम प्रसाद चौधरी र धनुषाका सुरेन्द्र कुमार यादव निर्वाचित भएका छन्।

एनप्यावसन मधेश प्रदेशका अनुसार सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्।

नवनिर्वाचित कार्यसमितिले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्यावसन) लाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।