रञ्जन कुमार भण्डारी
महोत्तरी,६ असार ।
महोत्तरीको जेठो पालिकाको रुपमा परिचित जलेश्वर नगरपालिकामा वड़ा अध्यक्षहरुले शुक्रवार साझ तालाबन्दी गरेका छन । वड़ा नं. ३,५,६,७,९,१०,११ र १२ का वड़ा अध्यक्षहरुले शिक्षा,योजना,लेखा र जिंसी शाखामा शुक्रवार साझ तालाबन्दी गरेका हुन ।
पालिकामा आर्थिक मसान्त समापन हुनै लाग्दा समेत कामकाज सुचारू हुन नसकेको,कार्यादेश नदिएको र बजेटको सुनिश्चितता नभएको भन्दै तालाबन्दी गरिएको ९ का वड़ा अध्यक्ष रबिन्द्र यादवले बताए । उनले तालाबन्दी सँगै असार १० गते हुने भनिएको नगरसभा समेत प्रभावित हुने बताए।यता नगरप्रमुख सुरेश साह सोनारले केहि आन्तरिक विषयमा बिबाद रहेको स्वीकार गर्दै रुष्ट पक्षसंग निरन्तर सम्वाद भैरहेको बताए । उनले समस्याको समाधान छलफल बाट नै निस्कने भन्दै हाम्रो छलफल भैरहेकोमा चाड़ै समाधान निस्कने बताए ।
शुक्रवार तालाबन्दी पूर्व प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा छलफलका दौरान असहज अबस्था भएपछि प्रमुख प्रशासकीय अधिकृत बहिरिए पछि तालाबन्दी भएको थियो ।







