मटिहानी,१ असार ।
मटिहानी नगरपालिकाको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीद्वारा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई १० दिने आधारभूत तालिम दिइएको छ । आईतवार तालिमको समापन गर्दै नगरप्रमुख हरि प्रसाद मण्डलले तालिममा सिकेको कुराहरु कार्यान्वयनमा ल्याउन भन्दै प्रशिक्षित स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरे ।
उक्त तालिममा मटिहानी नगरपालिकाका २४ जना महिला स्वास्थ्य स्वयं सेविकाहरु सहभागी थिईन ।
समापन सभालाई सम्बोधन गर्दै नगरप्रमुख मण्डलले पालिकामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन यस्ता तालिमहरुले थप बल पुगेको बताए ।
तालिम समापन कार्यक्रममा स्वास्थ्य कार्यालयका महिला स्वास्थ्य स्वयं सेविका स्रोत व्यक्ति प्रतिभा सिंह, मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन मण्डल सहित विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रशिक्षार्थीहरुलाई स्वास्थ्य चौकी मटिहानीका इन्चार्ज किशन कुमार मण्डल तथा कृष्णा चौधरीले प्रशिक्षण दिएका थिए।







