महोत्तरी,१५ वैशाख ।
जहाँ शिक्षाको गुणस्तर हुन्छ त्यही विद्यार्थीको आकर्षण हुन्छ । महोत्तरीको मटिहानी नगरपालिका ७ स्थित गुरुकुलको रुपमा परिचित राजकीय संस्कृत माध्यमिक विद्यालयमा समेत यहि अवस्था देखिएको छ । प्राय पायक पर्ने स्थानमै आफ्नो बालबालिकालाई राखेर शिक्षित गर्ने अभिभावक राम्रो र गुणस्तरीय शिक्षा पाएपछि देश तथा विदेशकै कुना कुनामा आफ्ना सन्तानलाई पठाउन पछि पदैनन । यहि अवस्था देशकै जेठो गुरुकुलको रुपमा रहेको वि.सं. १७७५ मा स्थापित राजकीय संस्कृत मा.वि.मा समेत देखिएको छ । यहा गुरुकुल शिक्षाको लागि नेपालको पहाड देखि हिमालसम्मका बालबालिकाहरु शिक्षा आर्जन गर्न आउने गरेका छन । धार्मिक संस्कार,वैदिक शिक्षा,सामाजिक कार्य तथा खेलकुदमा समेत पारंगत बनाइने यस गुरुकुलमा शंषघोष,देवकार्य,पितृकार्य देखि विभिन्न प्रकारका खेलकुदमा समेत समावेश गराइने भएकोले अभिभावकहरुको आकर्षण बढाएको प्रधानाध्यापक ईश्वरी पौडेल बताउछन ।
उनले नयाँ शैक्षिक सत्रको लागि दैलेखबाट आएका तीन छात्रले विधिवत गुरुकुल शिक्षाका लागि प्रवेश लिएको बताएका छन । दैलेख जिल्लाको दुल्लु नगरपालिका ३ का छात्रहरु सौगात कार्की,सुदीप कार्की र नवीन कार्कीले बटुकको रुपमा गुरुकुलमा प्रवेश पाएको उनले बताए । उनले मधेश र पहालाई भावनात्मक रुपमा जोड्न दैलेखले सघाएको बताए ।
नेपालको कुना काप्चाबाट गुरुकुलमा शिक्षा आर्जन गर्न आफ्नो सन्तान पठाईदिने अभिभावकलाई धन्यवाद दिदै प्रधानाध्यापक पौडेलले दुल्लुबाटै समेत शिक्षा आर्जन गर्न आउनेहरुको क्रम पछिल्लो २२ वर्ष देखि चलिरहेको बताए । उनले दैलेखबाट पहिलो बटुकको रुपमा देवर्षि नेपालले यहाबाट शिक्षा आर्जन गरेपछि यो क्रम निरन्तर चलिरहेको बताए । देवर्षि हाल शिक्षा सेवा आयोगबाट स्थायी नियुक्ती पाइ मनरा सिस्वा नगरपालिकामा कार्यरत छन ।
उनले तिनै छात्रलाई गुरुकुलका गुरु र गुरुआमाहरले विधिवत मुन्डन पश्चात रुद्राक्षको माला सहित वैदिक मन्त्रोच्चारण सहितको गुरुकुल विधी अनुसार बटुकहरुलाई प्रवेश गराइएको बताए ।







