रञ्जन भण्डारी
महोत्तरी,१ माघ ।
महोत्तरी स्थित मनरा सिस्वा नगरपालिकाले आफ्नो १५ औं हिउदे अधिवेशन सम्पन्न गरेको छ । नगरप्रमुख मोहन पाण्डेयको अध्यक्षतामा नगरउप्रमुख,निमित प्रमुख प्रसासकिय अधिकृत सहितका नगरसभा सदस्यको उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएको हो ।
हिउदे अधिवेशनबाट करारका कर्मचारीको म्याद बढाउने निर्णय गरिएको नगरप्रमुख पाण्डेयले बताए । उनले विभिन्न पालिकाहरुले करारका कर्मचारीहरु निकालिरहेको अवस्थामा मनरा सिस्वा नगरपालिकाले दरबन्दी भित्रमात्र आफ्ना सवै कर्मचारी रहेकोमा उनीहरुको म्याद थपिएको बताए । यता पालिकालाई स्विकृत दरबन्दीमाथि समेत पुनरावलोकन गरिएको बताउदै नगरप्रमुख पाण्डेयले कर्मचारी अभावमा काम अवरुद्ध भएका स्थानहरुको लागि पुनरावलोकनले सेवा प्रवाह नियमित राख्न सहयोग पुग्ने बताए ।
उनले १६ औ नगरसभाको समयका लागि समेत विविध विषयमा रायसंकलन गरिएकोमा नगरसभामा उक्त रायको आधारमा योजनाहरु अघि बढाउने तयारी समेत रहेको बताए । हिउदे अधिवेशनले नचल्ने प्रकृतिका योजनाहरु समेत स्थगन गरेको छ ।







